चितवन: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पुर्वी जिल्ला समिति चितवनको जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले डायमण्ड सीको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
सम्मेलनमा युवा सङ्गठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सी प्रमुख अतिथी रहेका थिए भने बिशिस्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा पुर्वी चितवन जिल्ला इन्चार्ज उत्सव सी ,अतिथिहरुमा अखिल(समाजवादी)का केन्द्रिय सचीव अटल सी नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी,युवा सङ्गठनका पश्चिम् नारायणी ब्युरो इन्चार्ज विवेक सी, युवा सङ्गठनका केन्द्रिय सदस्य अशोक सी, पार्टीका जिल्ला सल्लाहकारहरु र इलाकाका इन्चार्ज /सेक्रेटरी हरु रहेका थिए ।
मैनबत्ती बालेर सम्मेलनकाे उद्घाटन गरेको सम्मेलनमा प्रमुख अतिथि पाटनले दलाल सत्ता विरुद्ध सबै युवाहरु गोलबद्ध भइ यो सत्ता फ्याक्न जुट्नुपर्ने बताए उहाँले एमसीसी , एसपिपी जस्ता रास्ट्रघाती सम्झौताहरु विरुद्ध युवाहरु एकजुट भई संघर्षमा उत्रिनु पर्नेे बताए ।उहाँले धनगढिमा हुन लागेको ५ औं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न लाग्नुपर्ने बताए ।
विशिस्ट अतिथि नेकपाका केन्द्रिय सदस्य उत्सवले युवाहरु सिंह जस्तो हुनुपर्ने बताएका छन् ।उहाँले एकीकृत जनक्रान्तिमा युवाहरुको भुमिका महत्त्वपूर्ण रहेको भन्दै युवाहरुले त्यसको महत्त्वलाई बुझेर लाग्नुपर्ने बताए । उहाँले पुर्वी चितवनमा भुमाफिया र भ्रष्टाचारी विरुद्ध जेहाद छेड्न समेत अपिल गरे ।
अखिल (समाजवादी) का केन्द्रिय सचीव अटल सीले युवा संगठन बलियो नहुदा समाजमा विसङ्गती बढ्यो र पार्टी मा सुनमान हरु हावी भयको भन्दै युवा संगठनको इतिहास सम्झदै कुनैबेला युवा संगठनको नाम सुन्ने बित्तिकै फटाहा हरुको सातो जाने अवस्था थियो ycl ले आउने बित्तिकै जनतामा साहस पैदा हुने थियो ,आज नेता हरुमा आयको विचलनले गर्दा ycl ले जनताको काम गर्न छाड्यो र सुन खान थालेको बताए । त्यो प्रक्रियाबाट बिद्रोह गर्दै युवा सङ्गठन बनेको र यसले राम्रो गर्दै गएकोमा शुभकामना र बधाई पनि दिए ।
उहाँले जापानी साम्राज्यवादले चीनमा गरेको अफिम युद्धलाई सम्झदै अहिले साम्राज्यवादले नेपालमा लागू औषध र डिजिटल एडिक्सनमार्फत युवाहरुको मनोविज्ञान भत्काएर निरास बनाइरहेको बताए । कार्यक्रमलाई पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी लगायत ले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन रमेश सीले गरेका थिए भने अध्यक्षता युवा संगठन नेपालका जिल्ला संयोजक डाइमण्डले गरेका थिए ।
सम्मेलनबाट डाइमण्ड सीको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्वाचितभयको छ ।त्यस्तै पदाधिकारीहरुमा अध्यक्ष -डाइमण्ड सी,उपाध्यक्ष -सन्तोष सी,सचिव -राजकुमार सी,सह-सचिव -सफल सी,कोषाध्यक्ष -अर्जुन सी निर्वाचित भयको छन् ।
उक्त सम्मेलनमारास्ट्रीय स्वतन्त्र पार्टीको वडा सभापति लगायत विभिन्न पार्टी बाट २० जना प्रवेश गरेका छन् । नवप्रवेशिलाइ प्रमुख अतिथी विशिस्ट अतिथी लगायतले स्वागत गरेको थिएँ ।














