काठमाडौं । देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ। अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आइतबार कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ। सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ ।














