सञ्चारक्षेत्रको बजेट बिनियोजनमा सरोकारवालासङ्ग छलफल गरेर काम गर्छौं : सचिव वैद्य

धनगढी : सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामला तथा कानुन मन्त्रालयका सचीव सुशील बैधले सञ्चार क्षेत्रको नीति निर्माण र आगामी आर्थिक बर्षको बजेट बिनियोजन प्रक्रियामा सरोकारवाला सबैसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन।शुक्रबार धनगढीमा आयोजित आर्थिक, राजनीतिक संकट र त्यसले सञ्चारमा पारेको प्रभाव बिषयक अन्तर्कृयामा मन्तव्य राख्ने क्रममा सचिव बैधले यस्तो बताएका हुन ।

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा उनले अहिलेको आर्थिक संकटले समाजका सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै सञ्चार क्षेत्र समेत हेर्ने जिम्मेवारी भएको आन्तरिक मन्त्रालयबाट आमसञ्चारका विद्यमान समस्या समाधान गर्न पहल गर्ने बताए। “म मन्त्रालयमा आएको थोरै समय भएको छैन , यो बर्षको बजेट बिनियोजन भैसकेको छ, अब अर्को बर्ष तपाइहरु सबै संघ-संगठन र नेपाल पत्रकार महासंघसङ्ग छलफल गरेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु- सचीव बैधले भने- तपाईहरुसङ्ग सहकार्य गरेर अगाडि जान्छौं,सबैसँग सहकार्य जरुरी छ ।”

सुदुरपश्चिमका आमसञ्चार क्षेत्रका समस्या सम्बोधन गर्न कानुनको अभाव रहेको बेला बिगत ६ बर्ष देखि प्रक्रियामा रहेको आमसञ्चार ऐन र आमसञ्चार नीति पारित गर्ने कुरामा बिलम्ब भएको स्विकार्दै सचीव बैधले यो छिटै पारित हुने बिश्वास समेत व्यक्त गरे।

मन्तव्यको क्रममा उनले आमसञ्चारको कारण नै बिकास, सुशासन र मानवअधिकारको क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको भन्दै मन्त्रालयले विभिन्न जिल्लामा पत्रकार महासंघका हल निर्माण, लोककल्याणकारी बिज्ञापन बितरण र पत्रकारहरुको क्षमता वृद्धिका लागि महासंघ मार्फत कार्यक्रम गर्न लागिएको जानकारी समेत दिएका थिए।

कार्यक्रममा रास्ट्रीय मानव अधिकार सुदुरपश्चिमका निर्देशक हरिप्रसाद ज्ञावाली,बार एशोसियनका रमेश बिष्ट,प्रेस युनियन नेपाल सुदुरपश्चिम संयोजक मनमोहन स्वार, प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओली, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी , इन्सेकका अधिकृत कृष्ण बिक लगायत लेखक, साहित्यकारहरुले धारणा राखेका थिए।

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम संयोजक धिरज बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?