नाई संघ कञ्चनपुरको मासिक बैठक सम्पन्न

केशव थापा, महेन्द्रनगर २९ फागुन : कञ्चनपुरको महेन्द्रनगरमा नाई संघले विविध कार्यक्रमका विच मासिक बैठक सम्पन्न गरेको छ । मंगलबार कञ्चनपुर नाई संघले आफ्नो पहिलो मासिक बैठक भीमदत्त नगरपालिकाको सभाहलमा विविध कार्यक्रमका विच सम्पन्न गरेको हो । विगत लामो समयदेखि नाई पेशामा आवद्ध भई काम गरी रहेका व्यक्तिहरुलाई सम्मान पत्र सहित केहिलाई थप जिम्मेवारीमा नियुक्ति दिएको थियो ।

कञ्चनपुर नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षतामा भएको मासिक बैठकमा प्रमुख अतिथि राजन चन्द अधिवक्ता रहनु भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा पत्रकार धन सिह धामी रहेका थिए । कार्यक्रमको सञ्चालन संघका प्रवक्ता नरेश बहादुर कार्कीले गर्नु भएको थियो भने उपाध्यक्ष खडक बहादुर दमाईले स्वागत मनतव्य राखेका थिए ।
उक्त कार्यक्रममा मोहमद नईमलाई सल्लाहकारमा नियुक्ति गरीएको थियो भने नरेश बहादुर कार्कीलाई प्रवक्ताको प्रमाणपत्र प्रदान गरी नियुक्ति दिएको थियो । यसैगरी लामो समयदेखि नाई पेशामा आवद्ध रही कार्य गर्दै आएका प्रदिप कुमार ठाकुर, खड्क बहादुर दमाई, मुन्ने हासन, बसीम अहमद, मो.हस्नेन, मो.नईम, रिहाज अहमद(सब्बु), मो.ईनकालाम, रमेश श्रीवास्तव, नन्हेलाल, सतिस ठाकुर, सन्जे ठाकुर हजाम, सेठलाल हजाम, राम उदगार ठाकुरहरुलाई सम्मान पत्र वितरण गरेको थियो ।
भीमदत्त नगरपालिकामा नाई संघको ६३ सदस्य रहेका छन भने बेदकोट नगरपालिकामा १९ सदस्य दुबै नगरको मिलाएर ८२ सदस्य रहेको अध्यक्ष भण्डारीले बताएका छन । नाई संघले आफ्नो सदस्यहरुलाई डिजिटल कार्ड, रेटलिष्ट वितरण गरी सकेको छ भने नाई पसलमा काम गर्ने सदस्यहरुलाई पनि कार्ड वितरण गर्ने योजना रहेको भण्डारीले बताएका छन ।

यसैगरी नाई संघले आफ्नो सदस्य पसलहरुको बारेमा समस्या, गुनासो र कानूनी नियमको पालना गरे नगरेको बारे जानकारी लिन ९ जना सदस्य अनुगमन टोलीको गठन पनि गरेको प्रवक्ता कार्कीले जानकारी गराएका छन । संघले बार्षिक क्यालेण्डर बनाउने,सदस्यहरुलाई छुट्टै पहिनाचको पोशाक बनाउने, अहिले भाडाका सम्पर्क कार्यालय राखे पनि निकट भबिष्यमा भवनको लागि प्रयत्न अघि बढाउने, समाजिक क्षेत्रमा सेवा मुलक कार्यक्रम गर्ने लगायतका कार्यक्रमको साथै बैशाखबाट मासिक सबैको सहमतिमा न्युनतम रकम कोषमा जम्मा गर्न लगाउने र सो कोषबाट संघका सदस्य हरुलाई अप्ठारोमा सहयोग तथा अन्य अति आवश्यक कार्यमा खर्च गरीने प्रवक्ता कार्कीले बताए । नाई संघको सम्पन्न मासिक बैठकमा संघ दर्ता देखि आजको मिति सम्मको आय व्यय विवरण अध्यक्ष भण्डारीले प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?