२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

थारु समुदायको मौलिक संस्कृति प्रवर्द्धनमा मन्त्री धामीको जोड

कञ्चनपुर,फागुन २१ : सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव भित्र यस पटक थारुगाँउ स्टल रहेको छ ।
मेला उद्घाटनकै दिन महोत्सवका बिशिष्ठ अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले थारुगाँउ स्टलको उद्घाटन गरेका छन ।

थारुगाँउ स्टलको उद्घाटन गर्दैमन्त्री धामीले लोप भईरहेको थारु समुदायको मौलिक पर्व खाने परिकार प्रर्बद्धनमा जोडदिए । मन्त्री धामीले आफ्नै लोक परम्परा धर्म संस्कृृतिलाई प्रर्बद्धन गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोडदिए । थारु गाँउ स्टलका संयोजक एव कञ्चनपुरका थारु अगुवा बेद प्रशाद चौधरीले लोप भईरहेको थारु समुदायको लोक संस्कृति, धर्म परम्परा, सरक्षण प्रर्बद्धनका लागि छुट्टै स्टल राख्न लागेको बताए । ‘हामीले यस पटकको महोत्सवमा पहिलो पटक थारुगाँउ स्टल राख्न लागेका छौँ, ‘उनले भने, ‘नयाँ पुस्तामा लोप भईरहेको थारु धर्म, सस्कृति, परम्परा सरक्षण, प्रर्बद्धन गर्न खोजेका छौँ ।’ थारु खाने परिवारलाई बजारिकरण गर्दै थारु समुदायलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको उनले बताए । ‘हामी अहिले स्टल निर्माणमा खटिएका छौँ, ‘उनले भने, ‘कम्तिमा १२ स्टल राख्ने र थारु समुदायको लोक संस्कृति परम्परा झल्किने साँस्कृतिक सहित खाद्य परिकार राखेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?