डोटी , फागुन १७ : डोटीमा तल्ला तह सम्म समाजवादी मोर्चा नेपालको समिति विस्तार हुन लागेको छ । बिहीबार डोटीको बडिकेदार गाउँपालिकामा मोर्चाको समिति विस्तार भएको हो ।
समाजवादी मोर्चा बडीकेदार गाउँपालिका संयोजकमा दिपेन्द्र सी चयन भएका छन् भने उनीसहित ७ सदस्यीय गाउँ समिति चयन भएको नेकपा नेता विमल सी ले जानकारी दिए ।
दिपेन्द्र सीको अध्यक्षतामा नेकपाका केन्द्रिय सदस्य बिमल सी को प्रमुख अतिथि आथित्यतामा, माओवादी केन्द्रका जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिला विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।