१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

कामै नगरी भुक्तानी गर्न खोज्ने वडाध्यक्षसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं । दैलेखको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका अनुसार गणेश आधारभूत विद्यालयले बजेट नै विनियोजन नगरकोमा आईसीटी व्यवस्थापनका लागि वडाध्यक्ष उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिलकुमार शाहीले सोलार खरिद प्रक्रिया अघि बढाएका थिए ।

उनीहरूले कोटेसन आह्वान गर्ने, कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको भन्दै विद्यालय व्यवस्थापन समितिको निर्णयमार्फत झुटा बिल बनाएर आठबिस नगरपालिका–८ को कार्यालय हुँदै नगर कार्यपालिकामा चार लाख ९८ हजार रकम भुक्तानी दाबी गरेका थिए ।

उनीहरूले रकम भुक्तानी नलिए पनि गैरकानुनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ । अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले व्यक्तिगत लाभका लागि गलत बिल तयार पार्ने वडाध्यक्ष उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्मा र प्रधानाध्यापक शाहीलाई जनही १० हजार जरिवाना हुने फैसला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?