१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

कास्कीको अन्नपूर्ण गाउँपालीकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अन्नपूर्ण गाउँपालिका कास्कीद्वारा आयोजित पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम कास्कीको नौ डाँडामा सम्पन्न भएको छ ।

वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य प्रज्वलन सी ले आजको राजनीतिक संकटको समाधान रास्ट्रीय सहमति सहाकार्य र नेपाली विशेषताको समाजवाद नै भएको बताए । उत्पादनमा वृद्धि नगरी कुनै पनि प्रकारको विकास र समृद्धि नहुने ठोकुवा नेता प्रज्वलानले गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पालिका सभापति मनपती भण्डारी,नेकपा एमलेबाट निर्वाचित जनप्रतिनिधि अन्नपूर्ण गाउपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी , नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्री नेत्र चापागाईं , नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्ष इन्द्र भण्डारी , एकीकृत समाजवादीका पालीका उपाध्यक्ष कुलप्रसाद पौडेल,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रतिनिधि दामोदर आचार्य , रास्ट्रीय प्रजातन्त्र पार्टीका पालीका अध्यक्ष हरिराम भण्डारी , रास्ट्रीय स्वतन्त्र पार्टीका शोभाकर अधिकारी र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य काजी सी ले छलफलमा भाग लिएर आफ्नो धारणा राखेका थिए । पालिका सेक्रेटरी खुसिमान सी को अध्यक्षतामा र युवा नेता युवराजको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सेक्रेटरी परिवर्तन सी, मजदुर नेत सन्तोष सी लगाएतको स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?