१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङलाई दुई वर्ष कैद , ८० लाख जरिवाना

काठमाडौं । विशेष अदालत द्वारा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाइएको छ ।

फागुन ३ गते विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरी उक्त सजाए सुनाइएको हो ।

उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्रिपरियदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष ८० लाख जरिवाना सुनाएको हो। राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाएको छ।

उनीहरूलाई जस्तै कसुर गरेको अभियोग लागेका मन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ। उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको हो। पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?