रुकुमपश्चिम । प्रभु बैंक आठबिसकोट शाखाबाट जनताको पैसा करिव डेढ करोड हिनामिना गरी बैंकका अप्रेसन इन्चार्ज निराजन शाह (निरविक्रम शाह) फरार भएका छन् ।बैंकको कर्णाली प्रदेशको टोलीले आन्तरिक अनुसन्धान गरिरहेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा भने एक करोड ३५ लाख रकम अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैंकले नै जानकारी दिएको छ ।
बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको भेटाएको प्रहरीलाई बताएको छ ।