२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

आयल निगमको लापरवाहीका कारण एक विद्यार्थीको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।

विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालयअगाडि पोलमा भर्‍याङ बनाउन राखिएको रडमा ठोक्किएर छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोले जीतपुरसिमरा वडा नम्बर १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालय पोशाक लगाएर आयल निगमअगाडि रहेको पार्किङस्थलतर्फ जाँदै थिए । सधै झैं पार्किङ स्थलतर्फ हिँडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?