६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

दुहुँ गाँउपालिका प्रमुख बडालद्वारा भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई आर्थिक सहयोग

कञ्चनपुर, १६ माघ : सुदूरपश्चिम प्रदेश दार्चुलाको एक स्थानीय सरकार प्रमुखले भलिबलकी राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग गरेका छन । दार्चुलाको दुहुँ गाँउपालिका प्रमुख नरेन्द्र बहादुर सिह बडालले भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई नगद आर्थिक सहयोग गरेका हुन ।
आईतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि भएर दुहुँ गाँउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद आर्थिक सहयोग गरेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपाल भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले मंगलबार प्रतियोगिताको अवलोकनका साथै दुहुँ गाँउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद ५ हजार १० रुपैया आर्थिक सहयोग गरेको बताए । भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष धामीले पल्लरपिपुल्स च्वाईस अवार्डमा छनौट भएकी सुदूरपश्चिम दार्चुलाकी चेली निरुतालाई जिताउनका लागि उक्त सहयोग गरेको बताए ।

मंगलबार दुहुँ गाँउपालिका प्रमुख बडालले उक्त रकम भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई हस्तान्तरण गरेका छन । दार्चुलाका एमाले नेता समेत रहेका दुहुँ गाँउपालिका प्रमुख बडालले आफ्नै चेलीबेटी निरुतालाई अवार्ड जिताउनका लागि सानो सहयोग गरेको बताए । दुहुँ गाँउपालिका प्रमुख बडालले निरुताका लागि दिएको रकम ग्रहण गर्दै भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले गाँउप्रमुख बडालप्रति आभार प्रकट गरेका छन । सोही दिन दुहुँ गाँउपालिका प्रमुख बडालले सुदूरपश्चिम र गण्डकी प्रदेशविच भएको प्रतियोगिताका लागि रेफ्री दौलत सिह पुजारालाई बल समेत हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?