विप्लवका कार्यकर्ताले जलाए सांसद ज्ञानेन्द्र शाहीको पुत्ला !

हेमन्त प्रकाश ओली

तुलसीपुर । दाङको तुलसीपुर स्थित विपि चोकमा विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले सांसद ज्ञानेन्द्र शाहीको पुत्ला जलाएका छन् ।

सोमबार नेकपाको सहायक संगठन युवा संगठन नेपालका नेताकार्यकर्ताले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहिको पुत्ला जलाएका हुन् ।

राप्रपा नेपालका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले नेकपाका महासचिव विप्लव सीका बारेमा दिएको अभिव्यक्तिको बिरोध पुत्ला जलाइएको युवा संगठनले जनाएको छ ।

सांसद शाहीले दिएको अभिव्यक्तिप्रती नेपाल कम्युनिस्ट पार्टीले आक्रोश व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीले उक्त गैरजिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्याउन र अभिव्यक्ति तुरुन्त फिर्ता लिएर जनतामाझ माफी माग्न बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विप्लवलाई पक्राउ पुर्जी जारी भएको हो कि होईन ?, तिनलाई पक्राउ गर्ने कि नगर्ने यो देशमा ?, कानुन सवैका लागि बराबर हो कि होईन ?, के यो नेपालीले बनाएको कानुन हो ?, पक्राउ पुर्जी आएको मान्छे प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिडेका छन ।’ भन्ने शाहीको अभिब्यक्ती ३ बुँदे सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्धन्द्धतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी ब्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्र शाहीको नाङ्गो दलाल, अराजक, द्धन्द्धपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिर्ता लिएर आम जनतामाँझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भिर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरा समेत हाम्रो पार्टी स्पष्ट गर्दछ , बिज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?