२० कार्तिक २०८१, मङ्लबार
२० कार्तिक २०८१, मङ्लबार

वर्तमान सत्ताको संकटको निकास नेपाली विशेषताको समाजवाद हाे : आधार सी

कैलाली , माघ १४ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार जिल्लाको जोशीपुर गाउँपालिका स्थित हलमा वर्तमान राजनीतिक संकट र यसको समाधान उपाय विषयक अन्तरक्रिया गरेको नेकपाले जनाएको छ ।

नेकपा जोशीपुर गाउँ कमिटी इन्चार्ज राम सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य प्रमुख वक्ता आधार सी रहेका थिए । अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय व्यवस्थाको कारण नेपाली राजनीति अस्तव्यस्त बनेको बताएका छन्। उनले भने ,“अहिलेको सत्ता केबल दलालहरुको हातमा छ जसका कारण जनताले दिन प्रतिदिन सबै क्षेत्रमा सास्ती खेप्न परेको छ ।” अहिलेको राज्य सत्तामा देखिएका संकटको समाधान गर्न नेपाली विशेषताको समाजवाद आबस्यक रहेको नेकपा नेता आधार ले बताएका छन्।

कार्यक्रममा सहभागी अन्य राजनीतिक दलका नेताहरुले पनि सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका क्रममा देशको राजनीतिक समस्याको समाधान गर्नका लागि एकचोटि सबै दलहरु साँझ सहमतिले अगाडी बढ्नुपर्ने जोड दिए । अन्तरकृया कार्यक्रमको सञ्चालन नेकपा सेती ब्युरो कार्यालय सचिव निरक सी ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?