२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

राज्य षड्यन्त्रको भण्डाफोर गर्ने नेकपा भरतपुर इलाका समितिकाे निर्णय

चितवन । नेपाल कम्युनिष्ट पार्टी पश्चिम चितवन जिल्ला अन्तर्गत भरतपुर इलाका समितिकाे बैठकले “पार्टी संगठनलाई सुदृढ र विस्तार गर्दै राज्य षड्यन्त्रको भण्डाफोर गर्ने र दुई महिने अभियान संचालन गर्ने निर्णय गरेको छ।’

आईतबार भरतपुर महानगर पालिका वडा न.१८ शसिनगरमा बसेको इलाका समितिको दोस्रो पूर्ण बैठक द्वारा उक्त निर्णय गरिएको हो।

बैठकले राजनीतिक वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, संघर्षको क्षेत्रमा र नमूना कार्यहरुको क्षेत्रमा महत्त्वपूर्ण निर्णय गरेको छ ।

इलाका समितिका सेक्रेटरी हिमाल सीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपा पश्चिम् जिल्ला इन्चार्ज दिनेश सी ,अतिथिमा नेकपा पश्चिम चितवन जिल्ला सेक्रेटरी अटल सी र उक्त ईलाका इन्चार्ज तिलकुमार सी रहेका थिए ।

बैठकलाइ प्रशिक्षित गर्दै क.दिनेश सी ले कम्युनिस्ट कार्यकर्ता इमानदार ,सरल तथा चौतर्फी क्षमता भयको हुनपर्ने वताए ।

त्यस्तै सेक्रेटरी अटल सीले रास्ट्रीय अन्तरास्ट्रिय रुपमा समाजवादी हरुको पक्षमा जनमत बढिरहेको बेलामा युवा विद्यार्थी हरु यो जनमतलाई सङ्गठनमा बदल्न एकीकृत जनक्रान्तिको विचारलाइ जोडसङ समातेर लाग्नुपर्ने बताए । उनले कम्युनिस्ट हरु श्रम ,संघर्ष र अनुसन्धानमा अनिवार्य जोडिनुपर्ने भन्दै यतिबेला नेपालमा क्रान्तिको वस्तुगत अवस्था तयार हुँदा पनि आत्मगत अवस्था तयार नभयकोले सम्पुर्ण नेता कार्यकर्ता विचारमा असल विद्यार्थी ,राजनीतिमा कुशल नेता र व्यबहारमा सक्षम सिपाही बन्दै एकीकृत जनक्रान्तिको एकीकृत मानवको रुपमा अगाडी बढ्नपर्ने उनको भनाइ थियो ।

बैठकले वर्तमान राजनीतिक परिस्थिति र यसको निकासबारे भरतपुर र माडिका सबै वार्डहरुमा मजदुर किसान, सुकुम्बासी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी र सबै राजनीतिक पार्टीहरूसँह अन्तरक्रीया गर्ने नमुना कार्य अन्तरगत विद्यार्थी तथा बाम आन्दोलनमा सहिद मित्रमणी आचार्यले खेल्नुनुभयको भूमिकाको उच्च सम्मान गर्दै शालिक सहितको बहुउद्देश्यीय मित्रमणी पार्क निर्माण गर्ने जिल्ला समितिको निर्णयको कार्यान्वयन गर्नका लागि सरोकारवाला निकाय सङ्ग भेटघाट र छलफल बढाउने निर्णय गरिएको छ ।

संघर्ष अन्तरगत लघुवित्त र मिटर व्याज को ज्यादती र लागू औसध बेछ बिघन गर्नेलाइ कारबाही गर्ने निर्णय गरेको ईलाका समितिले जनायको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?