६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरी र उपाध्यक्षमा पण्डित सर्वसम्मत

काठमाडौं, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा यसअघि उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ थिईन्् । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ । पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयनका लागि छलफल जारी रहेको र महाधिवेशन शनिबारसम्म चल्ने केन्द्रीय सदस्य लालवीर चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?