महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाका वडाअध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा फेला परेका छन् । भीमदत्त–३ मा पर्ने महाकाली सिचाईको मूलनहरमा बनेको पक्की बाटोमा बिहीबार बिहान उनको शव फेला परेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
बुधबार राति मोटरसाइकलमा बजारबाट घर फर्किंएका खड्काको शव बारे प्रहरीले बिहीबार बिहान ५ बजे मात्रै खबर पाएको प्रहरीको भनाई छ । घटनास्थलमा उनी सवार मोटरसाइकल पनि पल्टिएको अवस्थामा फेला परेको छ । खड्का नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
अहिले घटनास्थलमा प्रहरीले जाँच गरिरहेको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।