५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

बारामा खुल्यो नेपाल इन्भेष्टमेन्ट मेगाको नयाँ शाखा

बारा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका २, सिमरा रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे ।

उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।

उनले बैंकिङ सेवाको पहुँचबाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।

बैंकका सिमरा शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?