कञ्चनपुरका पत्रकार सिनाल सहकारीद्वारा सम्मानित  

कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई एक सहकारीले सम्मान गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको श्री बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकारिता क्षेत्रबाट सहकारीको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय कदमको उच्च मूल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको हो । सहकारीले आफ्नो दोस्रो साधारण सभाको उपलक्ष्यमा पत्रकार सिनाललाई सम्मान गरेको हो । सहकारीको आर्थिक गतिविधि, सहकारीद्वारा सञ्चालित बिभिन्न कार्यक्रमहरूको समाचार मार्फत प्रचार प्रसार तथा प्रर्वद्धन गर्न पत्रकारिता तथा सञ्चार माध्यम मार्फत उल्लेख्य भूमिका निर्वाह गरे वापत पत्रकार सिनाललाई सम्मान गरिएको कार्यक्रमका सभापति एवम् सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिइन् । 

साथै आगामी दिनमा पनि विगतको झै सहकारीका बिभिन्न गतिविधि विकाससँगै आर्थिक गतिविधिको विषयमा शसक्त भएर कलम चलाउन उनले आग्रह गरीने, साथै उनले पत्रकार सिनालको भविष्यमा उत्तरोत्तर प्रगतिको कामना पनि गरिन । सिनालले पत्रकारिता ०६३ सालदेखि सुरुवात गरेका हुन् । २०६५ देखी २०७० सम्म डडेल्धुराको सामुदायिक रेडियो अमरगढीमा समाचार प्रमुख र हिलटाईम्स दैनिक पत्रिकामा ०७० देखी ०७२ सम्म अतिथि सम्पादकको रुपमा काम गरेका थिए । यस्तै ०७२ देखी ०७८ सम्म कञ्चनपुरमा रहेको रेडियो महाकालीमा समाचार प्रमुखको जिम्मेवारीमा रहेर कार्य गरेका थिए भने, कञ्चनपुरबाट प्रकाशन हुने मानसखण्ड दैनिक पत्रिकामा पनि काम गरेका छन् । अहिले सिनाल कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएम र बाह्रसिङ्गा एफएममा समाचार प्रमुख र शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा उप सम्पादकको रुपमा कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?