काठमाडौं । फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटल नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा गैब्रिएल एटललाई चयन गरेका हुन् ।
३४ वर्षीय ग्रैबियल वर्तमान सरकारको शिक्षा मन्त्री हुन्। एलिजाबेथ बोर्नले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गैब्रिएललाई उनको ठाउँमा जिम्मेवारी दिइएको हो ।
बीबीसीका अनुसार फ्रान्सको इतिहासमा ग्रैबियल सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति समेत हुनेछन् ।
यसअघि सोशलिस्ट नेता लरेन्ट फैबियस फ्रान्सका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका थिए। सन् १९८४ मा प्रधानमन्त्री बन्दा उनको उमेर ३७ वर्षको थियो ।
गैब्रिएल समलैङ्गिक हुन् र उनी फ्रान्सको पहिलो गे प्रधानमन्त्री समेत बनेका छन् ।