१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

महिलालाई आत्मनिर्भर बनाउन बेदकोटमा ४५ दिने तालिम सुरु

कञ्चनपुर । कञ्चपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने डल्स तथा कुसन बनाउने तालिम शुरु भएको छ। सोमबार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्टको सभापतित्व रहेको थियो भने व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्कराज बिष्टको प्रमुख आतिथ्य रहेको थियो।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर र वडा कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन हुने तालिममा वडाका २० जना महिलाहरूको सहभागिता रहने छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्कराज बिष्टले वडामा सञ्चालन हुने सीपमुलक कार्यक्रममा सहभागी हुन पाउँदा खुसी भएको बताए। साथै उनले तालिममा सहभागी हुने सम्पूर्ण महिलाहरूलाई घरको कामभन्दा माथि उठेर स्वरोजगार हुनुपर्ने र आयआर्जन गर्नमा तालिमले सहयोग गर्ने भएकाले तालिम समयमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रमका सभाध्यक्ष एवम् वडा अध्यक्ष जनक बहादुर बिष्टले वडा भित्रका महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताए। उनले भने ‘यस वडामा भएका महिलाहरूलाई तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरेका हौँ।’ साथै अध्यक्ष बिष्टले तालिममा सहभागी हुने सम्पूर्ण महिलाहरूलाई राम्रोसँग सीप सिकेर आफ्नो ठाउँमा गएर सिकेको सीपको सदुपयोग गर्न समेत आग्रह गरे।

तालिमका प्रशिक्षक शिवराज भट्टले तालिम पश्चात सहभागी महिलाहरू स्वरोजगार बन्ने विश्वास व्यक्त गरे। उनले भने यो तालिम पश्चात यस तालिममा सहभागि सम्पूर्ण महिला दिदी बहिनी स्वरोजगार बन्ने कुरामा म विश्वस्त छु।’

स्थानीय एवम् तालिमका प्रशिक्षार्थी बिन्दु बिष्टले महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले वडामा तालिमको आयोजना गरेकोमा अध्यक्ष एवम् वडा कार्यालय प्रति आभार व्यक्त गरिन्। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका कार्यपालिका सदस्य पार्वती बिष्ट, वडा समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?