राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्या सुनिश्चित

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्यामा आ-आफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आ–आफ्नो दाबी पेश गरेका हुन् ।

कांग्रेसले सबैभन्दा धेरै १३,नेकपा माओवादी केन्द्रले ७,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या,प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुनेछ ।

दिउँसो ४ बजे नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् । माघ ११ गते हुने चुनावका लागि पुष २३ गते मनोनयन दर्ता गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?