३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

अब नेपाल टेलिकमको बजार व्यवस्थापन कार्य एनआईटीभीले गर्ने

काठमाडौं । अब नेपाल टेलिकमको बजार व्यवस्थापन कार्य एनआईटीभी नेपाल लिमिटेडले गर्ने भएको छ । हालै यी दुई कम्पनीबीच टेलिकमका सेवालाई सेवाग्राहीसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सहकार्य गर्न एक सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरे । सम्झौता अनुसार टेलिकमसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ ।

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारे अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने टेलिकमकाे विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?