५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरस्थित पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको छ ।

राखेपको बैठकले पुल्चोकको मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित नयाँ भवनमा स्थानान्तरणपश्चात मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको हो ।

खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित खेलाडी आवासका रुपमा रुपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय भएको राखेप कार्यकारी समितिका संयोजक तथा सदस्य सचिव टंकलाल घिसिडले बताए ।

उनले विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटेल तथा बसोबास खर्चवापत राज्यले ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?