४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

महिलालाई शंकास्पद रुपमा भारत लग्ने युवक शसस्त्र प्रहरीको फन्दामा

कञ्चनपुर, १७ पुष : आफुभन्दा ठिक ९ बर्ष जेठी महिलालाई श्रीमती भन्दै भारत लग्ने क्रममा बझाङ्गका एक युवक प्रहरीको फन्दामा परेका छन । बझाङ्गको बुङल नगरपालिका ६ बस्ने २६ बर्षिया राजु बोहरा सशस्त्र प्रहरीको फन्दामा परेका हुन ।

मंगलबार गड्डाचौकी नाका भएर भारत जाने क्रममा बझाङ्गका बोहराले साथमा आफुभन्दा जेठी नवलपरासी मोरघाट गाँउपालिका ३ बस्ने ३५ बर्षकी कुमारी कुमाललाई श्रीमती भन्दै भारत लैजाने क्रममा सशस्त्र प्रहरीले समातेको हो ।

२६ बर्षका युवकले श्रीमती भन्दै ३५ बर्षकी महिलालाई भारत लग्ने थालेपछि सशस्त्र प्रहरीले कतै महिला बेचबिखनको जोखिममा परेको हुनसक्ने भन्दै भारत जानबाट रोकेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले गड्डाचौकी स्थित सशस्त्र प्रहरीको हेल्पडेस्कमा सोधपुछका क्रममा संका लागेर उनीहरु दुवैलाई नियन्त्रणमा लिएको बताए । ‘हाम्रो हेल्पडेस्कमा सोधपुछ हुँदा श्रीमान श्रीमती बनाएपछि उमेरले फरक देखिएपछि शंका लागेर राजु बोहरालाई प्रहरीको र महिलालाई आशिस नेपालको जिम्मा लगाएका छौँ, ‘गणपति पाण्डेले भने, ‘उमेरमा कैफियत देखिएपछि हामीले कतै महिला जोखिममा परेकी हुनसक्ने आँलकन गरेर युवकलाई प्रहरीको जिम्मा लगाएका हौँ ।’ यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बढि उमेरकी महिलालाई श्रीमती भन्दै भारत लग्ने युवकको विषयमा अनुसन्धान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?