९ असार २०८१, आइतवार
९ असार २०८१, आइतवार

बालेन शाहका सचिवालय प्रमुख सहित तीन जना निलम्वनमा

काठमाण्डौ पुष १७ । काठमाडौं महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह बालेनका सचिवालय प्रमुख सहित तीन जना कर्मचारीलाई निलम्बन गरेको छ।

निलम्वनमा पर्नेमा बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छन्।

उनीहरुलाई सोमबारदेखि लागु हुनेगरी निलम्बन गरिएकोको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए।

उनीहरु माथी कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गरेको आरोप छ।

सुरूमा कार्यापालिका निर्णयअनुसार नै गरे पनि पछि भने फरक व्यहोरा उल्लेख गरि कर्मचारिलाई निरन्तरता दिएको पाइयो अधिकारीले भने।

पुस पहिलो साता बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।

उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनियमितताबारे सचिवालयमा सूचना प्राप्त भएको बताए।

कार्यपालिकाको निर्णय नै तोडमोड गरेको सूचना पाएपछि के रहेछ भनेर बुझेका थियौं, उनले भने, त्यसमा अनियमितता भएको पाइएपछि सम्बन्धित व्यक्तिहरूलाई निलम्बन गरी समिति गठन गरेर छानबिन गरिरहेको छ।

प्रमुख प्रशाशकीय अधिकृत आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छानबिन कार्य नसकुन्जेल महानगरप्रमुख बालेन शाहले बिदामा बस्न भनेको सचिवालयका एक कर्मचारीले बताए।

यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरिएको छ। उक्त समितिमा कानुन सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन्।

छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?