१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

जिद्दिमा रमाइरहेका हर्क साम्पाङ ?

काठमाडौं,१७ पुस । गत पुस १२ गते एकाएक काफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर प्रथम किराँती राजा यलम्बरको तस्बिर झुण्ड्याएका सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले अझैपनि उक्त तस्बिर हटाएका छैनन् ।

केन्द्र सरकारले धरानलाई अधिकार नदिएको र हेपेको आरोप लगाउँदै तस्बिर हटाएका साम्पाङको चौतर्फी आलोचना भईरहेको छ । धरानमा सक्रिय रहेको राजनीतिक दलहरु कांग्रेस,एमाले,माओवादी केन्द्र,राप्रपा,जसपालगायतका दलहरुले यलम्बरको फोटो हटाउन तीव्र दबाब दिएपनि उनी टसमस भएका छैनन् ।

राजनीतिक दलका स्थानीय नेता,कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग गर्दै उपमहानगरको कार्यालय घेराउ गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको थियो ।

नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,जसपासहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगरपालिकाको कार्यालय मूलगेटमा ताला लगाइएको थियो ।

तनाव झनै बढ्दै गएपछि आज मेयर साम्पाङ र राजनीतिक दलका नेताहरुबीच छलफल भईरहेको छ । छलफलका क्रममा मेयर साम्पाङले आफू कार्यकक्षबाट यलम्बरको फोटो हटाउन तयार रहेको तर, त्यसका लागि पुस २० गते मनाउन लागिएको धरान डे मा प्रधानमन्त्री प्रचण्ड धरान आउनुपर्ने शर्त अघि सारेका छन् । अहिले उयक्त शर्तमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?