२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

बालकुमारी घटनाः पीडित परिवार र सरकारबीच चार बुँदे सहमति

काठमाडौं, १६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनमा उत्रिएका युवामाथि उक्त घटनामा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

आज (सोमबार) पीडित परिवार र गृहमन्त्रालयका प्रतिनिधिबीच चार बुँदे सहमति भएको हो । सहमतिमा पीडित परिवारलाई रोजगारी दिनेदेखि मृतकलाई सहिद घोषणा गर्न पहल गर्नेसम्मका बुँदाहरु समावेश गरेका छन् । पीडित परिवारले आजै लास बुझ्नै र सम्बन्धित गृह जिल्ला पठाइने बताइएको छ ।

भाषा परीक्षा विवादमा प्रदर्शन भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो आएपछि घटनाले उग्र रुप लिएको थियो । प्रर्दशनकारीहरुले मन्त्रीको गाडीमा समेत आगजानी गरेका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् । मन्त्री ज्वालाको राजीनामासमेत मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?