काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार गरेको ठहर भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेपनि कति समय जेलमा बस्नुपर्ने भन्ने प्रष्ट पारेको छैन ।
तीन वर्ष भन्दा बढी जेल सजाय हुने मुद्दाका हकमा सजाय निर्धारण छुट्टै गर्न पर्ने मुलुकी फौजदारी संहितामा व्यवस्था छ। उक्त व्यवस्था अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने भएकाले अर्को बहसपछि मात्र जिल्ला अदालतले लामिछानेलाई सजाय निर्धारण गर्नेछ ।
जिल्ला अदालतले सजाय निर्धारणका लागि सुनुवाइ हुने मिति पुस २५ गतेका लागि तोकेको छ ।
उक्त दिन अदालतले कति सजाय र जरिमाना हुनेबारे निर्णय सुनाउने छ । उक्त फैसलापछि सन्दीप थुनामा बस्नुपर्ने देखिएको छ ।
शुक्रबारको फैसलाले पीडित भनिएकी महिला बालिग भएको समेत ठहर गरेको छ ।