१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

आईजिपी कुँवराद्वारा बेलौरीका मेयर चौधरी सम्मानित

नरेश राना, कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बेलौरीका मेयर चौधरीलाई सम्मान गरेको हो । बुधबार धनगढीमा एक कार्यक्रमका विच मेयर चौधरीलाई प्रसंसा पत्रका साथ सम्मान गरेको जनाईएको छ ।

बेलौरी नगरका मेयर चौधरीले लागु औषध दुव्र्यशनी नियन्त्रण एव समाजिक सचेतना गराउन उच्च भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरीले सम्मान गरेको छ । बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरीका स्वकीय सचिव जय बहादुर कुँवरले नगरपालिकाबाट विगतमा भईरहेका लागु औषध नियन्त्रणका कामकाजको मुल्याङकन गर्दै सम्मान गरिएको बताए ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त बहादुर कुँवरले बेलौरीक मेयर चौधरीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । आईजिपी कुँवरले निरन्तर लागु औषध नियन्त्रणमा भूमिका निर्वाहमा आग्रह समेत गरेका छन । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पालिकाले लागु औषध जरैदेखि उन्मुलनका लागि बस्तीस्तरमा अभियान संचालन गरेर नियन्त्रणका कामकाज अघि बढाईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?