२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

बुढानीलकण्ठ नगरपालिका मेयर मीठारामका पिएको कर्मचारीमाथि गुण्डागर्दी शैली हावी

काठमाडौँ । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीका पिएले गुण्डागर्दी शैलीमा पालिका भित्रै रडाको मच्चाएका छन् । सोमबार नगरपालिकाको आँगनमा नगर प्रमुखका स्वकीय सचिव रबिन्द्र अधिकारीले कार्यालय सहायकलाई सामान्य निहुँ बनाएर कुटपिट गरेका हुन् ।

आज नगरपालिकाका कर्मचारीहरूले उनको कथित गुण्डागर्दी व्यवहारको विरोधगर्ने गर्ने तयारी गरेका छन् ।
के थियो त झगडाको कारण
सोमबार चन्द्रागिरि नगरपालिकाको स्विट्जरल्याण्ड पार्कमा नगरपालिकाका कर्मचारीले आयोजना गरेको पिकनिकसकेर घर फर्किने समयमा अफिस सहयोगी किशोर बरुवाललाई मेयरका स्वकीय सचिवले निर्मम कुटपिट गरेपछि नगरपालिकाका कर्मचारीमा आक्रोश मच्चाएको छ ।

यो चकित पार्ने शारीरिक झगडा हुनुअघि बसमा पूर्व नगरप्रमुख उद्धवप्रसाद खरेलको पालामा रेकड गरिएको नगर गीत बझाउन अफिस सहयोगी किशोर बरुवालले बसको ड्राइभरलाई अराउदा विवाद भएको एक प्रत्यक्षदर्शीले बताए, दिनभरी पिकनिकमा मेयर सावका स्वकीय सचिव रबिन्द्र अधिकारीले आफ्नो जग्गामा बाटोलैजान सार्वजनिक जग्गा प्रयो गरेर भ्रष्टाचार गरेको, उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा परेको विषयमा भिन्नखाले टिका टिपणी भएका थिए घर फर्किने बेलामा बसमा पनि गाईँगुईँ यही कुरा चल्दै थियो त्यतिनै बेला बरुवालले बसको ड्राइभरलाई गीत बझाउन अनुरोध गर्दा विवाद भएको थियो पछि सबै जना नगरपालिकामा बसबाट ओर्लिदै थियौ त्यसै क्रममा बरुवाल भाइलाई रबिन्द्रले तानेर लगे अनि भक्काभक मुक्का प्रहार गरे ।

रगतले लतपतिएको देखेर किशोरलाई उद्धारगर्न गएका अन्य कर्मचारीलाई पनि तथानाम गालिगर्दै तुरुन्त नगर प्राङ्गण छोड्न धम्की दिए । अरुले गरेको टिपणीको रिस सोझो कार्यालय सहयोगीले भेट्यो ठुलालाई सक्दिनँ सानालाई राख्दिन भने झैँ गर्यो । नाम नलेखिदिने सर्तमा एक कर्मचारीले हामीलाई रबिन्द्रका कर्तुत बताए ।

यिनै विषयलाई उजागर गर्न कटिबद्ध कर्मचारीहरूले आज, नगरपालिका परिसरमा सोमबार साँझ घटेको धिक्कारपूर्ण घटनाको सीसीटीभी फुटेज मेयर मीठाराम अधिकारीलाई बुझाउने तयारी गरेका छन् । फुटेजले कथित दुराचारको अकाट्य प्रमाणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

अन्य राजनीतिक दलहरूले घटनालाई नजिकबाट नियालिरहेको बताए मेयर माथि अधिकारीले आरोप र आफ्ना कर्मचारीहरूसँग आसन्न टकरावलाई कसरी जवाफ दिन्छन् त्यो हेर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?