१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छोड्यो अदालतले

काठमाडौं। काठमाडौंमा भएका तीन फरक–फरक जबर्जस्ती करणी (बलात्कार) मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छाडेको छ । जिल्ला अदालत काठमाडौंले आइतबार एकै दिन तीन आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधीश डण्डपाणि शर्माले भाष्कर अधिकारी,न्यायाधीश गायत्रीप्रसाद रेग्मीले विजय तामाङ,न्यायाधीश उत्तम सिलवालले प्रकाशकुमार श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएका हुन् । जसमध्ये श्रेष्ठमाथि नाबालिकालाई बलात्कार गरेको अभियोग थियो ।

गत १२ मंसिरमा चाबहिल चोकनजिकै भेटिएकी १५ वर्षीया एक किशोरीलाई वसुन्धारास्थित घरमा पु¥याइदिने भन्दै आफ्नो गाडीमा राखेर भाटभटेनी अपार्टमेन्टमा लगेर बलात्कार गरेको अभियोगमा श्रेष्ठ पक्राउ परेका हुन् । सोही दिन अपार्टमेन्टबाट मालीगाउँ वृत्तले श्रेष्ठलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा उनी धरौटीमा छुटेका हुन् । अभियुक्त श्रेष्ठ व्यवसायी हुन् ।

साँखुमा जग्गा हेर्न जाने भनेर लगी बलात्कार गरेको पीडितको उजुरी छ । आफ्नो फोटो–भिडियो सार्वजनिक गरिदिने धम्की दिएर लामो समयसम्म उजुरी गर्नसमेत नदिएको पीडितको जाहेरीमा उल्लेख छ । अर्का अभियुक्त विजय तामाङले २३ वर्षीया महिलामाथि पटक–पटक बलात्कार गरेको अभियोग थियो । पठाओ चालक रहेका उनलाई बानेश्वर वृत्तले पक्राउ गरी मुद्दा दायर गरेकोमा आइतबार नै धरौटीमा छुटेका छन् ।

घटनाको १५ दिनपछि प्रहरीमा उजुरी परेको थियो । २० असोजमा विदेशबाट फर्कंदै गर्दा उनी पक्राउ परेकोमा जिल्ला अदालतले थुनामा पठाएको थियो । पछि उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतमा पटक–पटक पेसी सरेपछि सुनुवाइ अघि बढेको छ । दुवै पक्षले अदालतमा बहस नोट बुझाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?