मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नुपर्छ : शुशिल सी

शाेभराज बराल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले मध्यम वर्गलाई साथमा लिएर अबकाे क्रान्ति सम्पन्न गर्नुपर्छ धारणा ब्यक्त गरेका छन् । आइतबार नेकपा उपत्यका ब्युरोकाे विशेष बैठकलाई सम्बोधन गर्दै शुशिलले मध्यमले पार्टीलाई साथ नदिएकाे बताए ।
उनले मध्यम वर्गले साथ नदिएसम्म नेपालमा क्रान्ति पुरा नहुने भन्दै यसलाई विश्वासमा लिएर अबकाे क्रान्ति पुरा गर्नुपर्ने बताएका हुन् । “मध्यम वर्ग हाम्रो साथमा छैन, पार्टीमा आएन ।”, बैठकलाई सम्बोधन गर्दै उनले भने, “यसलाई ल्याउनुपर्छ। अनिमात्र क्रान्ति सम्पन्न हुन्छ ।”

उनले नेकपाले पछिल्लो समय लिएकाे नीतिले मध्यम वर्ग आक्रशित भइरहेकाे जिकिर गरे । “पार्टीकाे राष्ट्रियता, जनतन्त्र, जनजिविका र उपादनकाे कामले जनतालाई आक्रशित गरेकाे छ ।”, उनले भने, “यसले दलाललाई छटपटी भएकाे छ । संसदवादी दलहरूकाे भ्रष्टिकरण र नेकपाकाे लाेकप्रियताबाट उनीहरू आत्तिएका छन् ।”

नेकपाकाे लाेकप्रियताका कारण छटपटिएका उनीहरू तीन बुँदे सहमतिमा गम्भिर नबनेकाे बताए । “नेकपा बिस्तारै लाेकप्रिय बन्दैछ, यसले उनीहरूलाई सैय भएकाे छैन् । जनताले नेकपालाई बुझिसकेका छन् ।”, शुशिलले भने, “संसदवादी दलहरूले आफूहरू सिद्धिने डरले तीन बुँदे सहमति कार्यान्वयन गर्न उदासिन बने । तीन बुँदे सहमति सम्मान जनक सहमति हाे । याे नेकपाकाे विजय मात्र हाेइन जनताकाे विजय हाे ।”
पार्टीकाे भर्खरै सम्पन्न केन्द्रीय समितिकाे विशेष बैठकले नेपालकाे राष्ट्रिय राजनीतिमा फेरबदल आएकाे निश्कर्ष निकालेका बताएका थिए । बैठककाे अध्यक्षता नेकपा पाेलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो ईन्चार्ज कृति सीले गरेका थिए । बैठकले पार्टी संगठनलाई सुदृढ गर्ने, राज्य षड्यन्त्रकाे भण्डाफोर अभियानमा सम्पूर्ण ब्युरो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?