कञ्चनपुर – मुगुको सोरु गाउँपालिका – ९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसी कुमारी विकलाई न्याय दिन माग गर्दै ‘हामी हाम्रा लागि’ अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा अनमी बिक माथि जातीय छुवाछुत तथा लैङ्गिक हिंसा गरी उनको मौलिक हक हनन गर्ने व्यक्ति तथा निकायलाई तत्काल प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा स्थानीय शाही, मल्ल (ठकुरी) हरुले निजलाई स्वास्थ्य चौकीमा सेवा प्रवाह गर्ने क्रममा तँ पानी नचल्ने जातको रहेछस्, तैँले दिएको पानी सँग औषधी खाँदैनौं भनेर विभेद गर्ने, पसलको पसलेले सामान दिँदा र पैसा लिंदा भुईंमा राख्ने, पसलमा आँगन भन्दा बाहिरै भएर सामान लिन भन्ने, जुन घरमा डेरा लिएर बसेको हो, त्यो घरबेटिले रातारात जातीय विभेद गर्दै घरनिकाला गरेको, स्वास्थ्य चौकी इन्चार्जले स्वास्थ्य चौकीको क्वाटरमा अन्य जातका अनमीहरुलाई बस्न दिने तर निजलाई बस्न नदिएको, गाउँपालिकामा कार्यरत शिक्षा शाखा प्रमुखले निजलाई चिसो पेय पदार्थ (कोल्ड ड्रिंक) मा रक्सी मिसाएर खुवाए पछि भिडिओ बनाएर निजको घरमा तथा कार्यालयमा प्रदर्शन गरी मानहानी तथा बेइज्जत गर्ने लगायतका घटनाहरू गरेको उल्लेख छ ।
साभार – अत्तरिया अनलाइन