गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुप प्रदेशको अध्यक्षमा विष्ट

कञ्चनपुर, मंसिर ४ : गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अधिवक्ता निरन्जन प्रशाद विष्ट निर्वाचित भएका छन । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा अधिवक्ता विष्ट निर्बिरोध चयन भएका हुन ।

गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा भएको थियो । उपाध्यक्षमा गोर्बदन नाथ, भुपालराज जोशी, सचिव कौसिल्या ओझा, कोषाध्यक्षमा कृष्ण प्रशाद सुवेदी, सदस्यमा कृष्णदत्त जोशी, बालाराम उपाध्याय, शुक बहादुर थापा, ओम प्रकास साउद, समिक्षा अधिकारी, रमेशलाल विष्ट(क्षेत्री) रहेका छन ।

गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक तुलाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट प्रमुख अतिथि रहेका थिए । भने, नेपाल बार एसोसिएसनका केन्द्रीय महासचिव अन्जिता खनाल अतिथि रहेकी थिईन । निर्वाचन मण्डलको अध्यक्षता निर्वतमान सुप प्रदेशका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्यायले गरेका थिए । कार्यक्रममा सुप प्रदेशका सबै जिल्लाका अधिवक्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?