अछाम क्षेत्र नं. २ का उम्मेदवार विश्वकर्मालाई रहफ सङ्घर्ष समितिको ज्ञापन पत्र

अछाम — अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शेरबहादुर विश्वकर्मालाई रहफ सङ्घर्ष समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ।

चुनावी घरदैलो अभियानका क्रममा रहफ पुगेका उम्मेदवार विश्वकर्मालाई समितिका संयोजक नरेन्द्र लम्सालले ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्।

कर्णाली राजमार्ग–रहफ जोड्ने मोटरेबल पक्की पुल निर्माण अछामसँग जोड्ने मोटर बाटो निर्माण
अछामसँग साझा विद्युतिकरणको व्यवस्था
समितिका अनुसार रहफ र भुलू क्षेत्रका बासिन्दा वर्षौंदेखि सडक र विद्युत सेवाबाट वञ्चित छन्। विकासको आधारभूत पूर्वाधार नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परेको गुनासो गरेका छन्।

स्थानीयवासीले प्रत्येक निर्वाचनमा आश्वासन मात्र बाँड्ने तर जितेपछि काम नगर्ने प्रवृत्तिले आफूहरू आजित भएको बताएका छन्। भौगोलिक रूपमा अत्यन्तै विकट क्षेत्रमा हालसम्म सडक नपुग्दा दैनिक जीवन कष्टकर बनेको उनीहरूको भनाइ छ।

उम्मेदवार विश्वकर्माले स्थानीयका माग जायज रहेको बताउँदै राज्यले तत्काल सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। उनले आफू निर्वाचित भए वा नभए पनि भुलू, रहफ, बलाता, कलेकाडा, पुलेतोला लगायत समग्र अछामको विकासका लागि आवाज उठाउने र आवश्यक परे आन्दोलनमा समेत सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?