भक्तपुर नगरपालिकाको अठारौं नगरसभा सुरु, नीति तथा कार्यक्रम सार्वजनिक

भक्तपुर, । भक्तपुर नगरपालिकाको अठारौं नगरसभा आजबाट सुरु भएको छ। नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले दीप प्रज्वलन गरी गर्नुभएको हो। उद्घाटन मन्तव्यमा सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारी सुनिश्चित हुनेगरी नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने धारणा राख्दै नगरसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Oplus_2
नगरसभाको अध्यक्षता गरेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चौतर्फी विकासमा नगरबासीको साथ सधैं रहँदै आएको स्मरण गर्नुभयो। उहाँले भक्तपुरलाई सांस्कृतिक नगर, नाचगानको राजधानी, र संसारकै ठूलो जीवित सङ्ग्रहालयको रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो।

उहाँले जनताबीच गरिएको प्रतिबद्धता अनुसार नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्र कार्यान्वयन गरिरहेको र संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ द्वारा प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, र विकास निर्माण जस्ता क्षेत्रमा महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको जानकारी दिनुभयो।

नीति तथा कार्यक्रममा उल्लेख गरिएका मुख्य बुँदाहरूमा:

भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने,

गुणस्तरीय उच्च शिक्षा सस्तो शुल्कमा सबैको पहुँचमा ल्याउने,

स्वास्थ्य सेवामा पहुँच सहज बनाउने,

सम्पदा संरक्षण, खेलकुद र कृषि क्षेत्रमा प्राथमिकता दिने,

सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने,

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग,

सार्वजनिक र पर्ति जग्गा संरक्षण जस्ता विषयहरू समावेश छन्।

प्रमुख प्रजापतिले नगरभित्रका खोलाहरूको संरक्षणका लागि नापी नक्साअनुसार पर्खाल उठाई हरियाली प्रवर्द्धन, नगरप्रवेशका मुख्य नाकामा पार्क निर्माण, प्लाष्टिकको प्रयोग न्यूनिकरण, र फोहोर व्यवस्थापनमा सुधार गर्ने योजना सार्वजनिक गर्नुभयो।

साथै, नगर क्षेत्रभित्र पुराना स्थानहरूमा सवारीसाधन निषेध गर्दै लैजाने, पार्किङको समस्या समाधानमा विशेष पहल, र औद्योगिक क्षेत्रलाई अन्यत्र सार्ने योजना रहेको पनि उहाँले बताउनुभयो।

उपप्रमुख रजनी जोशीले युवाहरुलाई सीपमूलक तालिम र उद्यमशील ऋण प्रवाह गरी व्यवसायमा प्रोत्साहन गरिएको जानकारी दिनुभयो। उहाँले फोहोरबाट मल उत्पादन गरी कृषिमा प्रयोग गर्ने, प्रविधिमैत्री सेवा प्रवाहका लागि सफ्टवेयर प्रणालीमार्फत कर संकलन, नक्सा पास तथा प्रशासनिक कामकाज सहज बनाइएको जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवाल, बागमती प्रदेश सांसद सृजना सैंजु र सुरेन्द्रराज गोराई, तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायतले मन्तव्य राखेका थिए।

नगरसभाले भक्तपुरको समग्र विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?