सूर्यविनायक नगरपालिकाको कार्यालय भवन उद्घाटन प्रधानमन्त्री ओली द्धारा गरिने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो प्रशासनिक सेवा प्रभावकारी र नागरिकमैत्री बनाउनका लागि सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको छ।

सो भवनको १४ गते प्रधानमन्त्री केपी शर्मा ओली द्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिएका छन् ।

नयाँ भवन नगरपालिकाले २०७६ पौष २४ गते निर्माण कम्पनी भ्याली/बाबुरत्न जे.भी संगको २० करोड ४१ लाख ५२ हजार ३३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) को सम्झौता अनुसार सम्पन्न भएकाे प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।

दुई वर्ष कोभिडका कारण लकडाउन भएकोले भवन निर्माण कार्यमा केही ढिलाई हुन गएको बताउँदै नयाँ भवनमा सबै विभाग र शाखाहरूलाई एकीकृत रूपमा सञ्चालन गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । यसले नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै कर्मचारीलाई पनि काम गर्न सहज वातावरण उपलब्ध गराउने उद्देश्य राखिएको सापकोटाले बताए ।

चारतले आधुनिक भवनमा अपांगमैत्री प्रवेशद्वार, लिफ्ट, पार्किङ स्थल, डिजिटल सेवा कक्ष र सभा हलको सुविधा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?