गृहमन्त्री कै गृहनगरमा भुमाफियालाई संरक्षणको आरोप

कञ्चनपुरको भिमदत्त नगरपालिका अन्तर्गत तत्कालीन महेन्द्रनगर नगर विकास समितिको ६३८ बिगाह ८ कट्टा १३ धुर जमिन विगत लामो समय देखि हिनामिना हुँदै आएको छ ।

अदालतले तत्कालीन केही अध्यक्ष तथा कर्मचारीहरुलाई करोडौंको बिगो सहित जेल चलानको निर्णय गरेको छ । यस अगाडि रबि लामिछाने गृहमन्त्री भएको बेला गृहमन्त्रालयले सरकारी अतिक्रमण भएको जमिन सरकार कै स्वामित्वमा ल्याउन पत्राचार भए संगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सर्वदलीय बैठक बसेर सबै ठाउँको अतिक्रमण भएको जमिन तत्काल खाली गराउने निर्णय भएर केही ठाउँमा जमिन भिमदत्त नगर विकास समितिले आफ्नो स्वामित्वमा लियोे ।

तर गृहमन्त्री रमेश लेखक भए संगै उहाकै गृहनगरमा भएको अतिक्रमण जमिन खालि गराउने कार्य ठप्प रहेपछि युवा बिद्यार्थिहरुले सयुक्त रुपमा जिल्ला प्रशासनको गेटमा “भु-माफियाहरुलाई संरक्षण कहिले सम्म गृहमन्त्री ज्यु” भन्दै व्यानर लगाएका छन । भीमदत्त नगरविकास समितिको जमिनमा बनेका अबैध संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरेको सर्वदलीय एवम् सर्वपक्षीय निर्णय तत्काल कार्यान्वयन गर्न अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?