२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

पुरुषोत्तम सिलवाल र बिनिता कपालि बने चेस च्याम्पियन 

भक्तपुर । नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल चेस प्रतियोगितामा विजयी भएका छन् । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार सम्पन्न भएको राष्ट्रिय ‘बी’बुद्धिचाल प्रतियोगितामा सिलवाल विजयी भएका हुन् ।
    

भक्तपुरको बाचामरी स्थित होटल सिटि गाउँ सभाहलमा ९ चरणको प्रतिस्पर्धात्मक खेल मार्फत काठमाडौंका युवा पुरुषोत्तम सिलवालले ६.५ अंक जोडेर उपाधि जितेका छन्। उनले ४ जीत र ५ बराबर नतिजा आत्मसाथ गर्दै अपराजित रहन पुगे। खेल पूर्व निर्धारित डाइरेक्ट इन्काउण्टर , मोष्ट वीन र बुछोल्स् नियम लागु भए अनुसार उनले बाजि मारेका हुन्। 
                   

२५ औं राष्ट्रिय प्रतियोगिताको छनौटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष् फूँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय स्थान हासिल गर्न सफल भएका छन् । 
                   

सूर्य विनायक नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको नेशनल बी चेस प्रतियोगिताका उत्कृष्ट चौथो स्थान देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन् । 
                   

प्रतिस्पर्धा मार्फत सानदार खेल प्रदर्शन गरि भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारीले बाकी खेलाडीलाई पञ्छाउन सफल रहे । 
            

यसैबीच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सभापतिको आषणवाट विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् । 
              

सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले प्रमुख अतिथिको मन्तब्य दिदै स्थानीय निकायले खेलमा लगानी गरि देशको सान बढाउनु पर्ने धारणा राखेका छन्। समापन समारोहमा महासंघका महासचिव धरमबहादुर लामा, पूर्व उपाध्यक्ष रामप्रसाद कासुला,सचिवालय सदस्यद्वय निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो । 
                
प्रतियोगितामा ४० जना पुरुष र १८ जना महिला राष्ट्रिय खेलाडीले उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि नेपाल च्याम्पियन सहित शीर्ष तिन खेलाडी सँग प्रतिस्पर्धा गर्नेछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?