टी-२० आई सिरिज : टस जितेर ब्याटिङ गर्दै अमेरिका

काठमाडौं । नेपाल र अमेरिकाबीच भइरहेको टी-ट्वेन्टी शृंखलाको तेस्रो तथा अन्तिम खेल सुरु भएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको छ । यो खेल तयार पार्दा नेपालले १ विकेट लिएको छ । एक खेलअगावै शृंखला जितेको नेपालको लक्ष्य क्लिन स्विप गर्ने रहेको छ ।

आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १६ रनले जितेको नेपालले आइतबार विहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो।

नेपाली टिमका कुशल भुर्तेलले ९२ रन बनाएका थिए। उनले सात महिना पछि टी-ट्वेन्टी क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन्। त्यसैगरी नेपालले ६ महिनापछि लगातार दुई खेलमा जित दर्ता गरेको छ। पछिल्लो समय खराब फर्मबाट गुज्रिएको भए पनि यो सिरिजको अन्तिम खेलमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ।

लिग टू को अंक तालिकामा कमजोर नेपाली टिमलाई जारी सिरिजबाट कमब्याकको अवसर रहनेछ। सिरिजमा नेपालका कुशलसँगै दिपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीले सम्झनलायक प्रदर्शन गरिरहेका छन्। क्यानडा भ्रमणमा कमजोर ब्याटिङ गरेको नेपालले अमेरिकासँगको दुवै खेलमा एक सय ६० भन्दा धेरै रन बनाएको छ।

यसले नेपाली ब्याटिङमा सुधार भएको देखाएको छ। प्रशिक्षक मोन्टी देशाईले नेपालको ब्याटिङ लाइनअपमा फरक परीक्षण गरिरहेका छन्। अमेरिकाका एन्ड्रिस गउस, सायन जाहाँगिर र जसदिप सिंहले नेपाली खेलाडीलाई चुनौती खडा गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?