बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको दाबी

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले दाबी पेस कार्यक्रम स्थगित भएको छ । यसअघि आज बिहान १० बजेको मुख्यमन्त्री दावी पेश गर्ने भनिएको थियो । तर, अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार समयसीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले आजका लागि दावी पेश गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने भएका छन् । लामाले मंगलबार बिहान मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । एमाले र कांग्रेसको सहमतिमा लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको बताइएको छ ।

सत्ता समीकरण परिवर्तन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते (मंगलबार) साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?