जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलगत अध्ययन गर्न कञ्चनपुरमा

कञ्चनपुर । कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलगत अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो। प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली यहाँ आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।

‘कञ्चनपुरमा अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड भएको छ,’ उनले भने, ‘विपद्का बेला हामीले कस्तो अभ्यास ग-यौँ, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रह्यो यो सबै बुझ्न हामी यहाँ आएका हौँ।’ उनले बाढीबाट प्रभावित दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने बताए।

गत असार २३ र २४ गते दोधाराचाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका–३ को हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव ६ मिलिमिटिर र वेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव ८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।

उक्त रेकर्ड वर्षाको जल तथा मौसम विज्ञान विभागको टोलीले अध्ययन गरेर फर्किएको छ। विभागले वर्षा मापन सुरु गरेयताको यो नै उच्च हो। अब विकास निर्माण र बस्ती विस्तार गर्ने बेला सोच्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए।

‘ठूला नदीको रोकथाममा मात्रै होइन साना नदीनालातर्फ पनि ध्यान दिनु आवश्यक छ,’उनले भने,’स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्छ।’

उनले कतिपय नदीको सतह बस्तीभन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेको बताए। असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर एक हजार चार सय ६५ परिवारका पाँच हजार सात सय ६६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ। सोमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन् ।

‘जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने यकिन विवरण अझै सङ्कलन भइसकेको छैन,’प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने,’त्यतिबेला जिल्लाको ७१ प्रतिशत भूभाग डुबानमा परेको थियो,सबैक्षेत्र जोखिममा थियो, धेरै क्षति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?