कञ्चनपुरका सञ्चारकर्मीलाई एकदिने स्वास्थ्य पत्रकारिता तालिम

कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा सञ्चारकर्मीलाई एकदिने स्वास्थ्य पत्रकारिता तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्लाभरका विभिन्न सञ्चार माध्ययममा आबद्ध सञ्चारकर्मीको उपस्थितिमा तालिम सम्पन्न भएको हो ।

उक्त स्वाथ्य पत्रकारिता तालिममा नेपाल चिकित्सक संघको प्राविधिक सहयोग रहेको थियो । चिकित्सक संघका सुदुरपश्चिम संयोजक डा. प्रशान्त भट्टले स्वाथ्य क्षेत्रलाई स्तरीय बनाउन मीडिया क्षेत्रको ठूलो भूमिका रहेको बताए । उनले स्वास्थ्य क्षेत्र संग सम्बन्धित विषयलाई सत्य समाचारको रुपमा सम्प्रेषण गरी जनताको जनविश्वास बनाउनुपर्नेमा जोड दिए ।

यसैगरी भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले स्वाथ्यकर्मी र सञ्चारकर्मीको सहकार्य समन्वय हुनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रका समस्याको उठान गर्न र राम्रा कार्यको प्रचार प्रसार गर्नमा पत्रकारको भूमिका रहने बताए ।

हेल्थ टुडेका सम्पादक पदमराज जोशी र स्वास्थ्य खबरका सम्पादक प्रविन ढकालले स्वाथ्य पत्रकारिता सम्बन्धी सहभागीलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले स्वाथ्य क्षेत्रका समाचार लेखन गर्दा ध्यान दिनुपर्ने विषय तथा अन्य विषयमा केन्द्रित रहेर प्रशिक्षित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?