भारतको जित संगै कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा

काठमाडौँ । टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए ।

फर्ममा फर्किएका कोहलीले आजको खेलमा भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । फाइनल खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन ।

कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो । तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।

‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही थियो,‘ कोहलीले प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, ’अब नयाँ पुस्ताले जिम्मा लिनेछ ।’

कोहलीले आफ्नो १२५ म्याचको टी-२० अन्तर्राष्ट्रिय करियरलाई भारतको दोस्रो उच्च रन स्कोररको रूपमा समाप्त गरे । उनले ४८.६९ को औसत र १३७.०४ को स्ट्राइक रेटमा ४ हजार १८८ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?