इराकको मस्जिदमा विस्फोटक उपकरण फेला : राष्ट्रसङ्घीय एजेन्सी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ ।

संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सी (युनेस्को)का एक प्रतिनिधिले शुक्रबार राति बताएअनुसार साइटको पुनःस्थापना गर्ने क्रममा टोलीले मङ्गलबार प्रार्थना हलको दक्षिणी पर्खालमा उक्त क्षेत्रलाई विनाश गर्न सक्ने गरी बनाइएको पाँचवटा ठूलो मात्राको विस्फोटक उपकरणहरू फेला पारेको थियो ।

बाह्रौँँ शताब्दीको मोसुलको अल–नुरी मस्जिद आइएसबाट सहर पुनः प्राप्त गर्ने लडाइँको क्रममा नष्ट गरिएको थियो । तीन वर्षसम्म मोसुल कब्जा गरेको आइएसले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको इराकी सेनाले आरोप लगाएको छ ।

युनेस्कोले सहरमा मस्जिद र अन्य वास्तुकलात्मक सम्पदास्थलहरू पुनःस्थापना गर्ने काम गरिरहेको छ । यसको धेरै भाग सन् २०१७ मा पुनः प्राप्तिको लडाइँमा भग्नावशेषमा परिणत भएको थियो । “इराकी सशस्त्र बलले तुरुन्तै क्षेत्र सुरक्षित गर्यो र स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ”, युनेस्कोले बताएको छ ।

युनेस्कोले पाचँमध्ये एउटा बम उक्त स्थानबाट हटाइएको छ तर अन्य चार उपकरणहरू एकअर्कासँग जोडिएको कारण केही दिनभित्र हटाइने अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?