युक्रेनी ड्रोनले रूसी पेट्रोल डिपोमा प्रहार गरी लगायो आगो

युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे ।

आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी नियन्त्रणमा लिइएको तथा मानवीय क्षती नभएको रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।

पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।

दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?