महाकाली र जगबुढा नदीको संगम स्थल कुतियाकबरमा विपद् तयारी अभ्यास

केशव थापा, असार १२ : महाकाली र जगबुढा नदीको संगम स्थल विपद्को उच्च जोखिम रहेको कञ्चनपुरको कुतियाकबरमा विपद् तयारी पुर्व अभ्यास गरिएको छ । बुधबार दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरमा विपद् तयारी अभ्यास गरिएको हो ।

विपद् जुनसुकै बेला आउन सक्ने भएकाले यहाँ उच्च सतर्कता अपनाईएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । विपद्को पुर्व तयारीको क्रममा कुतियाकवर बस्ती नजिक रहेको जगबुडा नदीका कृत्रिम घटना नमुना अभ्यास संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल लगाएत संस्थाहरुको आयोजनामा दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती नजिक रहेको जगबुडा नदीमा बाढीको कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बिगतका दिनहरुमा यस्ता कृत्रिम घटना नमुना अभ्यास हुदै आएको र हामीले सिकेका कुराहरु पुरनरताजगी गर्ने उद्धेश्यका साथमा कृत्रिम घटना नमुमा अभ्यास संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बाढीबाट कसरी जोग्गिने भन्ने बिषयमा कृत्रिम घटना नमुमा अभ्यासबाट धेरै कुरा सिक्न पाईने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको उहाँको भनाई रहेको छ् । नेपाल रेडक्रस सोससाईटी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक विपद् व्यवस्थापन समिति तथा खोजउद्धार टोली अभ्यासमा सहभागी रहेका थिए । अभ्यासका क्रममा अविरल वर्षाका कारण दोधारा चाँदनी नगरपालिका– १० का बस्तीमा जगबुडा नदी र महाकाली नदीको भंगालो पसेर आएको बाढीको दृश्य देखाईएको थियो । बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन र उद्धार गरी जनधनको क्षति रोक्न खोजउद्धार टोली परिचालित भएको थियो । खोजउद्धारको गोताखोर टोलीले डुंगा मार्फत बाढीमा डुबानमा परेका व्यक्तिलाई झण्डै आधा घण्टा सम्मको प्रयासपछि बाहिर निकालेर प्राथमिक उपचार पश्चात एम्बुलेन्सबाट अस्पताल पठाएको थियो । घाइतेलाई नदीबाट उद्धार गरी बाहिर निकालिसकेपछि के, कसरी व्यवस्थापन गरिन्छ भनेर पनि अभ्यासका क्रममा देखाइएको थियो । महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, १८ नम्वर पिल्लर बस्तीमा वर्षेनी ठुलो क्षती गर्ने गर्दछ् । वर्षायामको बेला बाढी बस्तीमा पस्ने भएको हुदा बाढीमा फसेकाहरुको कसरी उद्धार गर्ने बिषयमा कृत्रिम घटना नमुमा अभ्यास संचालन गरेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष झैं यस वर्ष पनि बाढी कृत्रिम घटना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुने विश्वास व्यक्त गर्दै मनसुन सक्रिय भईसकेको र बाढी आएमा त्यसको प्रतिकार्य गर्न दोधारा चाँदनी नगरपालिका तयार रहेको उहाँको भनाई रहेको छ् । कञ्चनपुको दोधारा चाँदनी नगरपालिका बाढी विपद्को हिसाबले उच्च जोखिम रहेको नगरपालिका मानिन्छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा हरेक वर्ष बाढीले बितण्डा मच्चाउदै आएको छ् । विपद्बाट जोगिनका लागि यस पटक भने दोधारा चाँदनी नगरपालिकामा बिगतका भन्दा थप उच्च सतर्कता अपनाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?