बैतडी । बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनका श्रीमती ६० वर्षीय सुना ऐरीको मृत्यु भएको हो ।
मङ्गलवार घरायसी विवाद हुँदा श्रीमानको कुटाइबाट सुना गम्भीर घाइते भएका थिए । सुनाको बुधवार उपचारको क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले श्रीमान् प्रतापलाई नियन्त्रणमा लिएको छ ।














