उपेन्द्र निर्विरोध निर्वाचित भए जसपा नेपालको अध्यक्षमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उपेन्द्र पुनः अध्यक्ष चयन भएका हुन् । उनी पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका छन् ।

अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी रहेको जसपा नेता मनिष सुमनले बताए । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?